एनआईसी एशिया क्यापिटलले ल्याउँदै ५० करोडको सामूहिक लगानी कोष

विहीबार, १५ फागुन २०७६, ११ : ०६

काठमाडौं – एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा ल्याउने तयारी गरेको छ ।

क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको उक्त योजना ल्याउन नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो ।

क्यापिटलले रु ५० करोड बराबरको ५ करोड इकाई फण्ड ल्याउन बोर्डको अनुमति मागेको हो । बोर्डले अनुमति दिएसँगै क्यापिटलले सो फण्ड बजारमा ल्याउने छ ।

नेपालमा हालसम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकाशं रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखीम अत्यन्तै न्यून रहेको हुँदा यो योजना संचालन ल्याउन लागिएको जानकारी दिएको छ ।

क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढावबाट कम प्रभावित हुने देखिन्छ ।

हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ संचालन गरिरहेको छ । यसका साथै एन आई सी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

विहीबार, १५ फागुन २०७६, ११ : ०६

प्रतिक्रिया