भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न : प्रधानमन्त्री

सोमबार, १९ फागुन २०७६, १८ : ५२

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मृगौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गरेका छन् । 

पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो विश्वास व्यक्त गरेका हुन् । 

‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु’ उनले भनेका छन् ।

पढ्नुहाेस् ः मिर्गौला प्रत्यारोपण गर्नु अघिको मन्त्रिपरिषद् बैठक, गौतम र खतिवडा विशेष एजेन्डा

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताएका छन् । ‘यसवर्षलाई हामीले समृद्धिको प्रारम्भ वर्ष भनेका छाैं । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेम म पनि अलप हुन्न ।’  

आफू अस्पतालमा रहँदा पार्टी र सरकारको तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अगाडि बढ्ने उनले बताए । 

‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय होस्, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ’ उनले भने । 

आफ्नो स्वास्थलाभको कामना गर्ने सबैलाई धन्यवाद प्रधानमन्त्रीले धन्यवाद दिएका छन् ।

सोमबार, १९ फागुन २०७६, १८ : ५२

प्रतिक्रिया