कुख्यात अपराधी मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

६ बर्ष अगाडि

काठमाडौं– कुख्यात गुण्डा नाइके मनोज पुन मारिएका छन् । यस्तै  उनका सहयोगी सोम आलेलाई पनि प्रहरीले ईन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथी प्रहरीले गोली चलाएको बताईएको छ  ।  

बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा अपरेशन चलाएको थियो । 
२०७३ पुस पहिलो साता मनोजले रुपन्देहीका दुर्गा तिवारीको हत्या गरेका थिए । पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि उनकै संलग्नता देखिएको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया