तयारी पोशाकको कच्चा पदार्थको आयात ठप्प, उद्योगहरू बन्द हुने अवस्थामा

४ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरसका कारण नेपाल–चीन नाका खुल्न नसक्दा नेपालमा तयारी पोशाकका लागि आवश्यक कच्चा पदार्थको पर्याप्त मात्रामा आयात हुन सकेको छैन । नेपालमा तयारी पोशाकको लागि आवश्यक कच्चा पदार्थहरू बिशेषगरि चीन, ताइवान, दक्षिण कोरियाबाट आयात गरिन्छ ।
तर, कोरोना भाइरसका कारण बीगत २ महिनादेखि चिनियाँ भन्सार बन्द छ । फलस्वरुप तयारी पोशाकको कच्चा पदार्थ पनि चिनियाँ नाकामा नै रोकिएको सम्वद्ध क्षेत्रका व्यापारी तथा उद्योगीहरू बताउछन् ।
साथै, कोरोना कै कारण कोरिया लगायतका मुलुकबाट पनि यस्तो कच्चा पदार्थको आयात हुन नसकेको बताइएको छ । हालसम्म आएका कच्चा पदार्थबाट नै तयारी पोशाकको उत्पादन गरिरहेको नेपाल तयारी पोशाक उद्योग संघका एक अधिकारीले बताए ।
उनकाअनुसार अहिले उद्योगहरूले आवश्यक मात्रामा कच्चा पदार्थ पाउन सकेका छैनन् । यदि, तत्काल कच्चा पदार्थ भित्र्याउन सकिएन भने केही हप्तामा नै उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आउने उनी बताउछन् ।
यस्तै, तयारी पोशाकको निर्यातमा पनि ह्रास आउन लागेको व्यवसायीहरु बताउछन् । नेपालमा बन्ने तयारी पोशाकहरु युरोप, अमेरीका र अष्ट्रेलीयामा निर्यात हुने गर्छन् । तर, कोरोनाको संक्रमण ति मुलुकहरुमा पुगेपछि त्यहाँबाट आउने माग पनि घट्न थालेको छ । पछिल्लो १० दिन देखि निर्यातमा कमी आउन थालेको बताइन्छ । नेपालदेखि बार्षिक ६ अर्बको तयारी पोशाक निर्यात हुन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया