पैसा असुल्न सूचना बेचेर जनता ठग्छन आयल निगमका कर्मचारी

४ बर्ष अगाडि

नेपाल आयल निगमका कर्मचारीहरुले व्यापारीलाई सूचना बेचेर जनता ठग्ने गरेको रहस्य खुलेको छ । 

तेलको मूल्य घट्ने सूचना ब्यापारीलाई चुहाएर ब्यापारीबाट पैसा असुल्ने र उपभोक्तालाई मर्का पार्ने गरेको रहस्य खुलेको छ । 

कर्मचारीहरुले नेपालमा इन्धनको मूल्य घट्ने जानकारी दिएपछि सोमबार काठमाडौंका २४ वटा पेट्रोल पम्पहरुले तेल उठाएनन् भने अधिकांशले कम तेल उठाए । 

तर उपभोक्तालाई भने कोरोना भाइरसका कारण नाकामा कडाई भएको कारण इन्धन अभाव हुन सक्ने हल्ला फैलाइयो । जसका कारण पम्पहरु उपभोक्ताको लाइन बढेको थियो । 

नेपाल आयल निगममा पर्याप्त इन्धन भण्डारण भएको र भारतबाट पनि सहज रुपमा नै भित्रिएको अबस्थामा पनि निगमका कर्मचारीका कारण उपभोक्ताले दुःख पाउनु परेको छ । 

निगमका अनुसार काठमाडौका होटलहरुमा पेट्रोलियम पदार्थको माग घट्न थालेको छ भने विद्यालयहरु पनि बन्द हुन लागेकोले माग झन् घट्ने निश्चित छ । 

यस्तो अवस्थामा उभोक्तामा त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै निगम उच्च तहले उपभोक्तालाई आश्वस्त पारिरहेको छ ।

तर निगमकै केही कर्मचारीले भने इन्धनको मूल्य सस्तो हुने सूचना पेट्रोलियम व्यवसायीलाई दिएर उनीहरुलाई नाफा पु¥याउने र उपभोक्तालाई त्रसित बनाउने काम गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया