नेपालले लगायाे तीन प्रकारका वस्तु आयातमा रोक

४ बर्ष अगाडि

विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि नेपालले विभिन्न आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्रीको आयतमा रोक लगाएको छ । 

चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेनबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको कृषि मन्त्रालयले जनाएको छ । 

नेपालमा खाद्यवस्तु आयात हुने ती मुलुलुकमा कोरोना भाइरस फैलिएका कृषि मन्त्रालयले पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रको संयुक्त बैठक राखेर छलफल गरेको थियो । 

छलफलका आधारमा अन अराइभल भिसा बन्द गरिएका मुलुकबाट खाद्य सामग्री आयातमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । 

उनका अनुसार यो रोक स्थायी प्रकृतिको नभइ जोखिम न्यूनीकरण गर्ने उद्देश्यले तत्कालका लागि पैठारी रोकिएको मात्र हो ।  

रोक लगाएका कृषिजन्य, पशुजन्य र बिरुवाजन्य खाद्यसामग्रीको लागि आयात अनुमतिपत्र दिन बन्द गरेको भन्सार कार्यालय तातोपानीका प्रमुख लालबहादुर खत्रीले बताए । 

पैठारीमा रोक लगाएपछि च्याउ, स्याउ, लसुन, प्याज, छालाका ब्याग, छालाकै गार्मेन्ट, बिस्कुट, चकलेट, नुडल्स, ड्राई मिट, ससेज लगायत जङ्क फुड र एफसिजी वर्गका  मालवस्तुको आयात रोकिएको छ । 

पहिला नै पैठारीका लागि अनुमपति पत्र लिएका बट्टाबन्द र सुक्खा वस्तु भने सम्बन्धित देशबाट ल्याएको १४ दिनपछि खतरामुक्त भएकोले जाँच गरेर आयत गर्ने दिइने जनाइएको छ । 

तर सजीव प्राणी, भिजेका मालवस्तु, बोट बिरुवा भने  आवश्यकता अनुसार क्वारेन्टाइनमा राखिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया