सुरक्षाकर्मी बिनै बजार अनुगमनमा मन्त्री भट्ट

४ बर्ष अगाडि

काठमाडौं – कोराना भाइरसको त्रासका कारण बजारमा खाद्य तथा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेपछि उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानदेखि बजार अनुगमनमा खटिएका छन् । उनी सरक्षाकर्मी बिनै से. १ च ८४३ नम्बरको जिनी गाडी लिएर बिहानै देखि अनुमगनमा निस्कीएका हुन् ।
यस बीचमा उनले २० पेट्रोल पम्पमा छड्के अनुगमन गरेका छन् । साथै, पुल्लचोक, सोल्टीमोड, कलंकी, कालीमाटी हुँदै उनी अहिले सोह्रखुट्टे पुगेको बताइएको छ । उनले कालीमाटीको तरकारी बजारमा पनि अनुमगन गरेको छन् । 
अहिले ग्यास, डिजेल तथा पेट्रोलको पर्याप्त मात्रामा आयात भइरहेको छ । तर, बजारमा यसको अभाव पनि जारी छ । उपभोक्ताले नै आवश्यक भन्दा बढी भण्डारण गर्दा यस्तो समस्या आएको बताइएको छ । यस्ता समस्यालाई समाधान गर्ने उद्देश्य सहित मन्त्री भट्ट एक्लै अनुमगनमा निस्किएका हुन् ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया