पोखराबाट नेपालगञ्जका लागि छुटेकाे बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।
ना ५ख ४२९४ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत ऐनापहरा नजिक सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा १० जनाभन्दा धेरै घाइते भएका छन् ।
ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले दिएकाे जानकारी अनुसार तीन जनाको शव भेटिएपनि सनाखत भने भएको छैन ।
समा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएपनि अहिलेसम्म १२ जना घाइतेको उद्धार भएको र अन्यकाे उद्धार जारी रहेकाे उनले बताए ।
घाइतेहरुलाई उद्धर गर्दै उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी भइरहेको गौलीले जानकारी दिए ।
प्रतिक्रिया