नेपालमा आज फेरी एकजनामा कोरोना भाइरस संक्रमण पोेजेटिभ भेटिएको छ ।
कतारकाे दोहाबाट कतार एयरवेजमार्फत काठमाडौ आएका व्यक्तिमा काेरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनी चैत्र ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका थिए ।
यो सँगै नेपालमा छ जनामा कोरोना संक्रमण भेटिएको छ ।
छ जनामध्ये ४ जना ४ चैतमा एउटै विमानबाट नेपाल आएकाहरू छन् ।
फ्रान्सबाट कतारको दोहा हुँदै सो विमानबाट नेपाल आएकी १९ वर्षीया काठमाडाैंकी एक युवतीलाई गत चैत १० गते नै कोरोना पुष्टि भएपछि खोजी गर्दै जाँदा थप ३ जना संक्रमित फेला परेका छन् ।
ट्रेसिङ गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालमा जाँच गर्दा थप एकजनामा संक्रमण भेटिएकाे देवकेाटाले बताए ।
यसबारे धेरै जानकारी चिकित्सक टोलीले दिने उनले बताए । 'उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको अवस्था छ,' मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, 'यो केसबारे अरु डिटेल छैन। पछि जानकारी गराउनेछौं।'
नेपालमा संक्रमण भेटिएका मध्ये माघ ९ गते पुष्टि भएका चीनबाट आएका व्यक्ति निकाे भएर फर्केिसकेका छन् । बाँकीकाे उपचार भैरहेकाे छ ।
कतार एयरवेजकाे विमानबाट १५८ यात्रु नेपाल आएका थिए । उनीहरूकाे ट्रेसिङ गर्ने काम भने लामाे समयसम्म हुन सकेकाे छैन ।
प्रतिक्रिया