हुन्डाई गाडीको वारेन्टी दुई महिना थप, निःशुल्क सहायता

४ बर्ष अगाडि

नेपालमा चल्ने  हुन्डाई गाडीको वारेन्टी दुई महिना थप भएकाे छ । 

हुन्डाई गाडीकाे नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले वास्तविक वारेन्टी  भएका सबै गाडीको वारेन्टी दुई महिना थप्ने जनाएकाे हाे । 

कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटलाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याएको कम्पनीले जनाएकाे छ । 

कम्पनीले  हुन्डाई केयर कार्यक्रम  पनि ल्याएको छ।

 जुन कार्यक्रम अन्तर्गत यो कठिन समयमा हुन्डाई गाडी मर्मतमा कुनै समस्या आएमा सहायता दिने जनाइएको छ।

कार्यक्रममा निःशुल्क सेवा, आधारभूत वाहन वारेन्टी र वार्षिक मर्मत सम्झौंता सेवाहरू समावेश गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना ग्राहकको स्वास्थ्यलाई प्राथमिकता दिएको जनाउँदै कुनैपनि सम्भाविता असुविधा कम गर्न प्रतिवद्ध रहेको जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया