विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बेलायतमा पछिल्लो २४ घन्टामा ७ सय ८ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै बेलायतमा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ४ हजार ३ सय ५३ पुगेको छ ।
बेलायतको स्वास्थ्य विभागले जनाए अनुसार अहिलेसम्म ४१ हजार ९ सय ३ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् ।
संक्रमित हुनेको संख्या हिजोसम्म ३८ हजार १ सय ६८ रहेको थियो । कोरोना संक्रमितको संख्या दैनिक १७ प्रतिशतको बढ्ने गरेको बताइएको छ । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै लकडाउनको पूर्ण रुपमा पालना गर्न सरकारले बेलायतवासीलाई कडा चेतावनी दिंदै आइरहेको छ ।
यस विकेन्डमा बेलायतको तापक्रम यस वर्ष पहिलोपटक २० डिग्री सम्म पुग्ने अनुमान गरिएले पार्क लगायतका स्थानहरुमा नजान सरकारले अनुरोध गरेको छ । अझै पनि कतिपय बेलायतवासीहरुले सोशिएल डिस्टान्सिंगको पालना नगरेको सरकारले आरोप लगाएको छ ।
बेलायतकी नर्स प्रमुख रुथ मेले हिजोमात्र कोरोनाबाट मृत्यु भएका दुई नर्सहरुको सम्झना गर्दै सबैजनालाई घरमा नै बस्न आग्रह गरेकी छन् ।
विश्वभरीमा कोरोना भाइरस ९कोभिड १९० का कारण ज्यान गुमाउनेको संख्या ६१ हजार नाघिसकेको छ ।
प्रतिक्रिया