विश्वभर कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रुप लिएको अवस्थामा अमेरिकाको एक विश्वविद्यालयका डाक्टरहरुले यस विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् ।
पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका हुन् ।
उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै सुरुमा मुसामा परीक्षण गरिएको यो खोपको प्रभावले भाइरसविरुद्ध एन्टिविडिज विकास भएको दावी गरेका छन् ।
यसअघि फैलिएका सार्स र मार्स भाइरस पनि कोभिड – १९ सँग निकै मिल्दाजुल्दा भएकोले सार्स र मार्स उपचारको अनुभवले अहिले कोरोना भाइरस विरुद्धको खोप बनाउन सकेको बताए ।
खोप लिँदा कुनै पीडा नहुने भन्दै शोधकर्ताहरुले सरकारबाट अनुमोदन हुनासाथ आफूहरुले यसको परीक्षण सुरु गर्ने बताएका छन् ।
सरकारको अनुमोदन र परीक्षणपछि बढीमा १८ महिनासम्म सबैका लागि उपलब्ध हुने उनीहरुको भनाई छ ।
प्रतिक्रिया