सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ्गमा -यापिड टेष्टका लागि आजै स्वास्थ्यकर्मीको टोली पठाउने भएको छ । शनिबार मन्त्रीपरिषदको बैठकले ति जिल्लामा -यापिड टेष्ट गर्ने निर्णय गरेपछि स्वास्थ्य मन्त्रालयले आज टोली पठाउन लागेको हो ।
स्वास्थ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारको निर्णय पालना गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको बैठकले सम्बन्धित महाशाखाबाट टोली छनौट गरेकोले उनीहरुलाई अभिमुखिकरण गर्ने र आजै टोली हिँड्ने तयारी भएको बताए ।
‘पहिला उहाँहरुको ¥यापिड डाइग्नोटिक टेष्ट प्रविधीबाट परिक्षण गर्ने र उक्त प्रविधीबाट पोजेटिभ भेटिएका हुरुको पुनः पीसीआर प्रविधीबाट परिक्षण हुन्छ’, उनले भने, ‘यसको नतिजाका आधारमा अन्य क्वारेण्टाइनमा बसेकाहरुको परिक्षण गर्ने निर्णय भएको छ ।’
को कसको हुन्छ -यापि टेष्ट
उनका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेण्टाइनमा बसेका सबैजनाको परिक्षण हुने छ ।
त्यस्तै बाग्लुङ्गमा संक्रमण भेटिएका २ जनाको परिवारको वासस्थान वरपरका सबैजना रं सम्पर्कमा रहेकाहरुको परिक्षण हुने छ ।
त्यसका साथै चैतमा प्रवेश गरेका र सम्पर्कमा रहेका व्यक्तिहरुको आरडीटी (-यापिड डाइग्नेटिक टेष्ट) हुने छ ।
प्रतिक्रिया