अब क्वारेण्टाइनमा बसे नबसेको हेर्ने जिम्मा स्वयसेविकालाई , एक पटकको १५ सय भत्ता दिने सरकारको निर्णय

सोमबार, २४ चैत्र २०७६, २० : १८

सरकारले क्वारेन्टाइनमा बस्नु पर्ने नागरिकहरु बसे नबसेको हेर्ने जिम्मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई दिएको छ । 

मन्त्रीपरिषदको आज बढेको बैठकले क्वारेन्टाइनमा नागरिकहरु जो बस्नु पर्ने हो , बसे नबसेको हेर्न र अरु पनि स्वास्थ्य सेवाको कामलाई उत्प्रेरित गर्नको लागि उनीहरुलाई जिम्मा दिने निर्णय गरेको हो । 
यस्तबापत उनीहरुलाई एक पटकको रु १५ सय प्रोत्ससाहन दिने निर्णय गरेको छ । 

’स्वास्थ्य स्वयंसेविकाहरुलाई अहिलेको कोरोना रोकथाममा परिचालन गर्न खास गरि क्वारेन्टाइनमा नागरिकहरु जो बस्नु पर्ने हो , बसे नबसेको हेर्न र अरु पनि स्वास्थ्य सेवाको कामलाई उत्प्रेरित गर्नको लागि एक पटकको लागि प्रती व्यक्ति रु. १५०० प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । 

नेपालभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयमसेविका रहेको तथ्यांकमा उल्लेख छ। यसअघि कोरोना रोकथाम गर्न गठित उच्चस्तरीय समितिले उनीहरूलाई पनि परिचालन गर्ने निर्णय गरेको थियो।

यसैगरी निजी क्षेत्रका चिकित्सकलाई सरकारी अस्पतालमा काम गर्न दिने समितिले जनाएको छ। उनीहरुले सरकारी अस्पतालमा काम गर्न चाहेमा सम्बन्धित तहअनुसार मिलान गरी सुविधा उपलब्ध गराउने व्यवस्था गरिने प्रवक्ता खतिवडाले बताए। यसैगरी उनीहरुलाई निजी क्षेत्रको अस्पतालमा काम गर्न चाहेमा सरकारले भत्ता उपलब्ध गराउने जनाएको छ।

सोमबार, २४ चैत्र २०७६, २० : १८

प्रतिक्रिया