रुपन्देहीबाट रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएकी एक महिलाको कोरोना भाइरसको कारण मा मृत्यु भएको छ ।
देबदह– ६ की ४० वर्षीया बिनु पराजुलीको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको हो हो ।
गत शुक्रबार बिहान आफूले काम गर्ने घरमै मृत अवस्थामा फेला परेकी पराजुलीको सोमबार आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।
घरमा अचेत अबस्थामा फेला परेपछि तुरुन्त अस्पताल लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
उनी ९ वर्षदेखि दुबईमा कार्यरत बिनु मृत्यु हुनु केही दिनअघि उनी अस्पतालमा जाँचका लागि पुगेपनि केही औषधि लिएर काम गर्ने घरमै फर्केर आराम गरिरहेकी थिइन् ।
पछिल्लो समयमा उनी काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्। उनको श्रीमान डोलराज एक महिनादेखि भिजिट भिसामा युएईमा नै छन् ।
दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।
कोरोना संक्रमणबाट मृत्यु भएकोले मृतकको शव युएईमा नै दाहसंकार गर्ने बिनुका आफन्त हेमराज भण्डारीले बताए।
यता नेपाली दुतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले भने यो विषयमा जानकारी आइनसकेको बताइन् ।
युएईमा ११ नेपाली संक्रमित भएका छन् । २ जना भने निको भइसकेका छन् ।
प्रतिक्रिया