कपिलवस्तुमा आइसोलेसनमा उपचार गराइरहेका एक बिरामीको मृत्यु भएको छ ।
कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा रहेका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।
विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय भरको उपचारकै क्रममा सोमवार राति ८ बजे मृत्युएको बन्जाडेले बताए ।
कोरोना परिक्षणको लागि उनको स्वाव पठाइएको भएपनि रिपोर्ट नआइसकेको अस्पतालले जनाएको छ ।
ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो ।
भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए ।
यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४ वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो । थापाको रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया