इतिहासमै सबैभन्दा धेरै घट्याे मारुती सुजुकीको उत्पादन

४ बर्ष अगाडि

भारतमा रहेकाे गाडि उत्पादन कम्पनी मारुती सुजुकीको उत्पादन ३२.५  प्रतिशतले कमी आएको छ।

कोरोना महामारी कारण  भएकाे लकडाउनले गत वर्षको मार्च महिनाको तुलनामा यो वर्षको मार्चमा ३२ प्रतिशतले कमी आएको हो।

गत वर्षको मार्च महिनामा १ लाख ३६ हजार युनिट गाडी उत्पादन भएको थियो भने यो वर्ष ९२ हजार ५ सय मात्रै उत्पादन भएको बताइएको छ।

याे  गिरावट अहिलेसम्मकै उच्च  भएको कम्पनीले जनाएको छ । 

अल्टो र एस्प्रेसोको उत्पादन नघटे पनि अन्य गाडीको उत्पादन भने घटेको छ। हचब्याक्स, प्रिमियम हचब्याक्स, सेडानको उत्पादन ३८ प्रतिशतसम्म झरेको छ।

एसयूभी सेगमेन्टमा भिटरा ब्रेजा, एरटिगा, एक्सएल ६, एस क्रोसलगायतका गाडीको उत्पादन १४ प्रतिशतले घटेको छ।

सुजुकी भ्यान सेगमेन्टको उत्पादन सबैभन्दा कम रहेको बताइएको छ। जसमा ५८ प्रतिशत बढी उत्पादन कम भएको बताइएको छ। गत मार्चमा १६ हजार ७ सय उत्पादन भएकोमा यो मार्चमा ६ हजार ५ सय भ्यान मात्रै उत्पादन भएको बताइएको छ।

मार्च महिनाभर मारुति सुजुकीको भारमा ४७ प्रतिशतले गिरावट आएको छ। २०२० को मार्चमा ३ हजार ७९२ गाडी बिक्री भएकोमा २०१९ मार्चमा १ लाख ५ हजार सवारी विक्री भएका छन्।

कम्पनीले आफ्नो मात्र नभई समग्र अटो जगतकै उत्पादनमा ह्रास आएको जनाएको छ।   

कम्पनीले मार्च महीनामा आफ्नो बिक्रीमा ४७ प्रतिशतले गिरावट आएको जनाएको छ। गत वर्ष मार्चमा एक लाख ५८ हजार ७६ गाडी बिक्री गरेको कम्पनीले यो वर्ष ८३ हजार सात सय ९२ गाडी मात्र बिक्री भएको  जनाएको छ।

मार्च २२ तारिखदेखि नै कम्पनीले आफ्नो सम्पूर्ण उत्पादन बन्द गरिसकेको  छ।

४ बर्ष अगाडि

प्रतिक्रिया