मजदूर भोक भोकै बस्नु पर्दैन : भरतपुर महानगरपालिका

मंगलबार, ०२ बैशाख २०७७, १४ : १२

भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने  मजदूरलाई  बन्दाबन्दी लकडाउन समयमा आफ्नो घर जान नपर्ने जनाएको छ ।

 कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ ।  मजदूरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै  महानगरपालिकाले जहाँ रहेको हो त्यही ठाउँमा बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ । 

महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको अवश्यकता भएका ज्याला मजदूरी गरेर बस्नेलाई  राहत प्रदान गर्दै जाने  बताइन ।

 उनले भनिन “खानाको अभावले बाहिर भौतारिनु पर्दैन ।” 
उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठित ठाउँमा काम गर्ने मजदूर समस्यामा परेका हुन । 

उनीहरुलाई महानगरले राहत दिएको छ । 
सङकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उनले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गरेकि छिन ।

वडा कार्यालयबाट राहत बितरण गरिएको छ । काठमाण्डौँ सहित विभिन्न शहरबाट भरतपुर महानगरहँुदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको छ । 

नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसंग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् ।

 भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुइन्टल चामल, १ सय १९ कुइन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ । 
 

मंगलबार, ०२ बैशाख २०७७, १४ : १२

प्रतिक्रिया