४२ हजार महानगरवासीलाई राहत वितरण ५२ हजारको पहिचान

मंगलबार, ०२ बैशाख २०७७, १७ : २९

काठमाडौँ महानगरपालिकाले ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरेकाे जनाएकाे छ ।

अहिलेसम्मकाे तथ्याङ्क अनुसार राहत आवश्यक भएकाहरुको ५२ हजार २ सय ६८ पुगेको र त्यसमध्ये ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरेकाे हाे । 

महानगरले मापदण्ड नै बनाएर लकडाउनका कारण समस्यामा परेकामध्ये अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण गरेकाे जनाएकाे छ । 

एकद्धार प्रणाली बाट राहत वितरण गरेका कारण अन्यले पनि राहत दिदाँ सम्वन्धित वडासँग समन्वय गरेर मात्रै बाँड्न सक्ने महानगरले जनाएकाे छ । 

महानगरले आफ्नै स्रोतबाट २९ हजार १ सय ७ जनालाई र  १३ हजार ५ सय ३० अन्य स्रोतबाट राहत वितरण भएको जनाउँदद्रा हत वितरणको प्रक्रिया जारी रहेको जनाएकाे छ । 

मंगलबार, ०२ बैशाख २०७७, १७ : २९

प्रतिक्रिया