नेकपाद्वारा स्वास्थ्य र खाद्यान्न हस्तान्तरण

मंगलबार, ०२ बैशाख २०७७, २१ : ३९

कोभिड –१९ रोकथाम  कार्यमा संलग्न स्वास्थ्यकर्मीका लागि आज नेकपा रसुवाले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।   नेकपा रसुवाका तर्फबाट  पञ्जा दुई हजार एवं सर्जिकल मास्क नौ हजार  जिल्ला विपद् व्यवस्थापन  समितिलाई हस्तान्तरण  गरिएको उक्त दलका जिल्ला अध्यक्ष कर्नेल तामाङले बताए।
           
जिल्ला पार्टी कमिटीको निर्णयबमोजिम रसुवालीको  स्वास्थोपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि प्रदान गरिएको ती सामग्री रसुवाका प्रजिअ अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएको नेकपाले जनाएको छ । यसै गरी तत्कालीन संविधानसभा सदस्य  जनार्दन ढकालले आफ्नो निजी खर्चबाट स्वास्थ्य एवं राहत सामग्री हस्तान्तरण गरे । 
            
प्रजिअ अर्जुन भण्डारीका अनुसार ढकालद्वारा पिपिई १५ थान, हेण्ड सेनिटाइजर १६९ सिसी  र  चामल चार सय बोरा  सहयोग प्राप्त भएको छ । नेकपा र नेता ढकालबाट प्राप्त सामग्रीबाट वर्तमान संकट समाधानमा  ठूलो सहयोग पुग्ने  प्रजिअ भण्डारीले बताए ।  स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र खाद्यान्न गाउँपालिकामार्फत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन  समितिले जनाएको छ ।

मंगलबार, ०२ बैशाख २०७७, २१ : ३९

प्रतिक्रिया