कोरोना भाइरस परिक्षण गर्ने ¥यापिड डाइग्नेष्टिक टेष्ट गर्दा मंगलबार सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् ।
र्यापिड टेस्ट गर्दा भारतबाट फर्केका २ जनामा रिपोर्ट पोजेटिभ आएको गजेन्द्रनारायण अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजित कुमार झाले जानकारी दिए।
पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् ।
८ जनाको समूह दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका मध्ये २ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
उनीहरुको पीसीआर विधिबाट जाँच गर्नका भोलि स्वाव धरान पठाइने डा झाले बताए ।
आजै काभ्रे र धादिङमा पनि र्यापिड टेस्ट गर्दा ३ जनामा पोजेटिभ पाइएको छ । तर र्यापिड टेष्ट पूर्णतया भरपर्दो जाँच प्रविधि भने नभएको चिकित्सकहरुले बताएका छन् । र्यापिड टेष्टका क्रममा पोजेटिभ भेटिएकाहरुको पीसीआर प्रविधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट पनि आउने गरेको छ ।
प्रतिक्रिया