समुदायको सेवामा जुट्न रोटरीको आह्वान

बुधबार, ०३ बैशाख २०७७, १४ : १२

नेपाली रोटरीले सामाजिक दूरी कायम राख्नाका साथै एकापसमा विद्युतीय माध्यमबाट  भए पनि सम्पर्क गर्दै र आफूलाई सुरक्षित राख्दै समुदायको सेवामा जुट्न आह्वान गरेको छ । 

सम्पूर्ण नेपाली रोटरी कोरोना भाइरसको प्रकोपबाट देशलाई र जनतालाई जोगाउने अभियानमा समर्पित भएको जनाउँदै  डिष्टिक गभर्नर ३२९२ किरणलाल श्रेष्ठले देश र जनतालाई विपत् पर्दा जस्तोसुकै मूल्य चुकाएर भएर पनि  सेवामा समर्पित हुनाको विकल्प नरहेको जनाएका छन  ।

कोभिड–१९ ले  मानव जातिको जीवन र अस्तित्वमा नै चुनौती खडा गरेका बेला यस महाविपत्तिबाट आफू र आफ्नो परिवार तथा सिङ्गो समाजको जीवन रक्षा गर्नु आफूहरुको पहिलो कर्तव्य भएको र यसलाई  पालना गर्न  चुक्न नहुनेमा जोड दिँदै उनले  रोटरी जस्तो  संस्थाको आवश्यकता देश र जनताका लागि यस्तै विपत्तिमा पर्ने जनाएका छन ।


रोटरीका देशैभरिका १२४ क्लब अहिले कोरोना सङ्क्रमणको जोखिमबाट पीडित विपन्न वर्ग वृद्ध र  बालबालिकाको सेवामा जुटिरहेको तथा दैनिकी गुजारा गर्नुपर्ने समुदाय र स्वास्थ्य  सेवकको सहयोगमा  समर्पित भएको जनाइएको छ ।


 नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि डिष्ट्रिक ३२९२ ले रु एक करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । 

बुधबार, ०३ बैशाख २०७७, १४ : १२

प्रतिक्रिया