कोरोना भाईरसबाट बच्नका लागि गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न काठमाडौंबासी गुल्मेलीहरुले गुल्मेली सहयोग अभियान शुरु गरेका छन् ।
लकडाउनका कारण खाद्यान्न अभावले भोकै बस्नुपर्ने र औषधी उपचार गर्न समस्या परेकाहरुलाई सहयोग गर्न अभियान सञ्चालन गरिएको हो ।
स्वतःस्फूर्त रुपमा मानवीय सेवाका लागि गठन भएको अभियानका सदस्यहरुले स्वेच्छिक रुपमा सहयोग संकलन गर्ने र गुल्मीबाट काठमाडौंमा आएर बसेकाहरुलाई लकडाउनको कारण रोजीरोटी नहुँदा खाद्यान्न समस्या भई भोकै बस्नुपर्ने अवस्था आएका र उपचारमा जान समस्या भएकाहरुलाई सहयोग गरिने अभियानका संयोजक लिलामणि खरेलले बताए ।
मानवीय सेवाका लागि गठन भएको अभियानका लागि गुल्मी जिल्लाका सांसद तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सांसद गोकर्ण विष्टले २० /२० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
अभियानले आजै दुई परिवारलाई खाद्यान्न सहयोग शुरू गरेकाे छ । काठमाडौं बुद्धनग बस्ने मुसिकोट नगरपालिका – ५ आपचौरका इन्द्रप्रसाद अर्यालको ५ जनाको परिवार एक बोरा चामल, दुई किलो दाल, एक किलो नुन र एक लिटर तेल उपलब्ध गराइएकाे छ । अर्यालकाे परिवारलाई अभियानका संयोजक खरेल, सदस्य बिमल घिमिरे र रमेश काउछाले घरमै पुगेर सहयाेग दिएका थिए ।
त्यस्तै काठमाण्डौमा अध्ययन गर्दै आएकी रुरु गाउँपालिका ४ की शान्ता पुरीलाई सहयोग गरिएको लाई सहयोग गरिएको अध्यक्ष खरेलले बताए ।
खरेलका अनुसार जिल्लाबासीलाई समस्याको बेला सहयोग गर्न चाहनेहरु अभियानमा जोडिन सक्ने छन् भने समस्या परेकाहरुले अभियानका सदस्यहरुलाई जानकारी गराएपछि सहयाेग उपलब्ध गराइने छ ।


प्रतिक्रिया