सरकारका अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा कोराना भाइरस संक्रमितसँग उठबस गरेका छोरा भेट्न पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पुगेपनि सबैलाई ढाँढेको रहस्य खुलेको छ ।
अपार्टमेण्टमा रहेका छोरा तीलक खतिवडालाई भेट्न चैत ११ गते साँझ ५ः१३ बजे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पुगेर ४२ मिनेटपछि फर्केको प्रमाण फेला परेको हो ।
बा २ झ ३७३३ नम्बरको झण्डावाल गाडी साँझ ५ः१३ मा अपार्टमेण्ट प्रवेश गरेर ४२ मिनेट पछि साँझ ५ः५५ बजे त्यहाँबाट निस्किएको प्रमाण फेला परेको प्रमाण त्यहाँ रहेको गार्ड रुममा रहेको रेकर्ड सीसीटीभी फुटेज फेला परेको हो । सो रेकर्ड गार्ड कमाण्डर लोकेन्द्र केसीले राखेको रेकर्डमा पनि सो रेकर्ड छ ।
अपार्टमेन्टको हाउजिङ्ग वेलफेयर सोसाइटीका कार्यबाहक अध्यक्ष समेत रहेका कलाकार पुष्कर रेग्मीले पनि अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्टमा चैत ११ गते गएको दाबी गरेका छन् ।
अपार्टमेण्टका बासिन्दा जस्मिता ढकाल र सरिता दाहालले पनि मन्त्री खतिवडालाई आफूले भेटेको दावी गरेका छन् ।
अर्थमन्त्री अपार्टमेण्ट पुगे नपुगेको विषय चर्चामा रहँदै आएपनि अर्थमन्त्री खतिवडाको सचिवालयले भने अर्थमन्त्री त्यहाँ नपुगेको बताउँदै आएका छन् ।
सो अपार्टमेण्टमा बस्ने २ जनालाई कोरोना संक्रमण फेला परेपछि अर्थमन्त्री त्यहाँ पुगे नपुगेको विषयको चर्चा हुँदै आएको थियो । संक्रमितहरु अपार्टमेण्टको आन्तरिक समितीको चुनावमा सहभागी हुन बेलायतबाट आएका व्यक्तिहरु हुन् । चैत ८ मा भएको चुनावमा अर्थमन्त्रीका छोरा तीलक खतिवडा सचिवमा निर्वाचित भएकोले संक्रमितहरुसँग समेत उठबस गरेको हुँदा छोरा सँग भेटेका अर्थमन्त्री क्वारेण्टाइनमा बस्नुपर्ने आवाज सर्वसाधारणले उठाउँदै आएका छन् ।
अर्थमन्त्री अपार्टमेण्टमा पुगेको सो दिनदेखि नेपालमा सरकारले कोरोना भाइरससको नियन्त्रणका लागि लकडाउन घोषणा गरेको थियो ।
अहिले उक्त अपार्टमेन्टलाई सिलबन्दी गरिएको छ भने अपार्टमेन्टमा रहेका सबैको कोभिड–१९ परीक्षण गरिएको छ ।
उक्त अपार्टमेन्टमा भीआइपीहरुको समेत बसोबास छ । उक्त अपार्टमेन्टमा कलाकार रेग्मीका साथै बिनिता हमाल, मोनिका दाहाल, काँग्रेस नेता रमेश रिजाल, नेता भीम न्यौपाने, कृष्णप्रसाद सापकोटा, टुक हमाल, ऋषिकेष गौतम न्यायाधीश विमलप्रसाद ढुङ्गेल लगायत भिआइपीहरु पनि बस्ने गर्छन् । अर्थमन्त्री डा। युवराज खतिवडाका छोरा तिलक खतिवडासमेत सोही अपार्टमेन्टमाम बस्ने गर्छन् । अर्थमन्त्री खतिवडाका परिवारले सो अपार्टमेन्टमा २ वटा फ्ल्याट लिएका छन् ।
उक्त अपार्टमेन्टमा वेल फेयर सोसाइटीको चुनाव भएको थियो । सो चुनावमा तिलक सचिवमा निर्वाचित भएका थिए । छोरा तिलक निर्वाचित भएपछि अर्थमन्त्री खतिवडा समेत बधाई दिन अपार्टमेन्ट पुगेका हुन् । तर अर्थमन्त्री खतिवडाले भने यो विषयमा अहिलेसम्म केही बताएका छैनन् ।
सनसिटी अपार्टमेन्ट पुग्दैमा अर्थमन्त्री खतिवडा कोरोनासंक्रमित हुने होइन । किनभने उनी त्यहाँ गएर संक्रमितहरुको सम्पर्कमा आए वा आएनन् भन्ने अझै खुलेको छैन । तर, उनी पुगेको स्थानमा संक्रमित भेटिएपछि उनलाई पनि ‘जोखिम’ को सूचीबाट बाहिर राख्न पनि मिल्दैन । आफै सहभागी भएको सरकारले लागू गरेको लकडाउनको नियम आफैले उल्लङ्घन गर्दै सामाजिक जमघटमा सहभागी भएर मन्त्री खतिवडाले मन्त्रिपरिषद्का सदस्यदेखि उनको सम्पर्कमा आएका धेरैलाई जोखिमको दायराभित्र समावेश गराएका छन् ।
मुलुकी अपराध संहिता, २०७४ मा यस्तो कसूरलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर मान्दै हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना तोकिएको छ ।
के छ ऐनमा ?
मुलुकी अपराध संहिता,२०७४ परिच्छेद –५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर
१०४. सङ्क्रामक रोग फैलाउन नहुनेः ९१० कसैले कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने कुनै किसिमको सङ्क्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्न हुँदैन ।
९२०. उपदफा ९१० बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना, लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
प्रतिक्रिया