एकदिनमा लकडाउन उल्लघंन गर्ने ३ हजार २६७ जना नियन्त्रणमा

बुधबार, ०३ बैशाख २०७७, १८ : ४१

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने  ३२ सय ६७  जनालाई नियन्त्रणमा लिएको छ । 

आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लकडाउन उल्लंघन गर्नेमध्ये  २ हजार ५३ जना पुरुष र ७ सय ७४ महिला छन् । 

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेपनि कतिपयले यसको उल्लंघन गरिरहेका छन् । 

यसरी लकडाउन उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए । 

यसै गरी  ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । 

काठमाण्डौबाट सबैभन्दा बढि २ हजार ७ सय ४० जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ७९ र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ । 

लकडाउन सरकारले एउटा व्यक्ति वा समुहको फाईदाको लागि नभई जनताकै स्वास्थ्य सुरक्षाको लागि गरेकोले  अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन प्रहरीले सबेलाई आग्रह गरेको छ । 

बुधबार, ०३ बैशाख २०७७, १८ : ४१

प्रतिक्रिया