लकडाउन उल्लङ्घन र अबरोध गर्नेलाई थुनामा राख्ने, कारबाहीकाे अधिकार  सीडीओलाई

विहीबार, ०४ बैशाख २०७७, ०० : ०८

सरकारले लकडाउन उल्लङ्घन र अबरोध गर्ने व्यक्तिलाई थुनामा राख्नेसम्मको कारबाही गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले  अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र लकडाउन कार्यान्वयनमा अवरोध गर्नेलाई थुनामा राख्नेसम्मको कारबाही गर्ने निर्णय गरेको हो ।

संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई न्यूनतम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै ऐनको उल्लङ्घन गर्नेलाई अधिकतम छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । 

सो ऐन अनुसार कारबाही वा किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीको हातमा छ । 

विहीबार, ०४ बैशाख २०७७, ०० : ०८

प्रतिक्रिया