डोटीको जोरायल गाउँपालिका-२ धारापानीमा बिहीबार जीप दुर्घटना भएकाे छ ।
म.१ज३४४ नम्बरको जीप बिहीबार बिहान अनियन्त्रित भई नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बैतडी मेलौलीनगरपालिका-५ बस्ने ४० वर्षीय कृष्णदत्त भट्ट सहित ११ जना घाइते भएका छन् ।
घाइतेहरुलाईउपचारको लागि जिल्ला अस्पताल महेन्द्रनगरतर्फ पठाइएको छ । लकडाउनको बेला पनि स्थानीय स्तरमा यात्रु बाेकेर हिँडेकाे सो जीप दुर्घटनामा परेको बुझिएकाे छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया