पैदल हिँडेका मजदुरलाई स्वाब परिक्षण गरेर घर पुर्‍याइदिउँ  ः पूर्वमन्त्री शर्मा

विहीबार, ०४ बैशाख २०७७, १९ : ०६

पूर्वमन्त्री एवं प्रतिनिधि सभाका साँसद जनार्दन शर्मा प्रभाकरले पैदल यात्रा गरिरहेका मजदुरको स्वास्थ्य परिक्षण गरेर सम्बन्धित ठाउँसम्म पुर्‍याइदिन सरकारलाई सुझाव दिएका छन् । 

लकडाउनकै बीचमा पैदलयात्रा गरिरहेका मजदुरहरुमा झन् संक्रमणको खतरा हुनसक्ने भन्दै उनीहरुको परिक्षण गर्दै आफ्नो घरसम्म पुर्‍याइदिन शर्माले सुझाव दिएका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत प्राथमिकताका साथ स्वाब टेष्ट गरि नेगेटिभ देखिएका सबैलाई सम्बन्धित स्थानमा पुर्‍याउँदा सबै समस्या समाधान हुने बताएका छन् । 

‘विभिन्न स्थानमा श्रम गर्न आएका मजदुरहरु लक डाउन कै बीचमा कष्टपुर्ण पैदल यात्रा गरिरहेका छन्, यसले झन संक्रमणको खतरा हुन सक्छ’, उनले भनेका छन्, ‘तसर्थ उच्च स्तरीय समन्वय समितिले हाल देशका विभिन्न भागमा रहेका मजदुरहरुलाई प्राथमिकताका साथ स्वाब टेष्ट गरि नेगेटिभ देखिएका सबैलाई सम्बन्धित स्थानमा पु–याउँदा सबै समस्या समाधान हुने छ ।'

विहीबार, ०४ बैशाख २०७७, १९ : ०६

प्रतिक्रिया