कञ्चनजङ्घा प्रथम आरोही ब्राउनको निधन

विहीबार, ०४ बैशाख २०७७, २२ : ०८

नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाका प्रथम आरोही जोइ ब्राउनको बेलायती समयानुसार आज बिहान निधन भएको छ ।  आफ्नै निवास वेल्सस्थित लियानबेरिसमा ८९ वर्षका उमेरमा निधन भएको  ब्राउनका महिला साथी तथा उनको प्रसिद्ध ब्राउन सपकी सञ्चालिका क्याथी क्यासीले राससलाई इमेलबाट जानकारी दिए ।  उनि केही समयदेखि बिरामी थिए । 

कञ्चनजङ्घाको प्रथम आरोहण गर्नेमा ब्राउन र उनका साथी जर्ज ब्याण्ड थिए  । ब्याण्डको पनि सन् २०११ अगष्ट २६ मा  निधन भइसकेको छ ।  उनिहरुले आठ हजार ५५६ मिटर अग्लो विश्वको तेह्रौँ अग्लो शिखर कञ्चनजङ्घाको प्रथम आरोहण विसं २०१२ जेठ ११ गते ९सन् १९५५ मे २५० मा गरेका थिए  । 

साथी ब्याण्डसँग एकैपटक कञ्चनजङ्घा शिखरमा पुगेका ब्राउनले ‘द हार्ड इयर्स’ (कठिन वर्षहरु) शीर्षक आत्मकथा सन् १९६७ मा प्रकाशन गरेका थिए  । 

विहीबार, ०४ बैशाख २०७७, २२ : ०८

प्रतिक्रिया