कोरोनाका कारण अमेरिकामा एकैदिन २१ सय ७४ को मृत्यु

शुक्रबार, ०५ बैशाख २०७७, ०७ : ५३

कोरोना भाइरसको सङक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा संक्रमित छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।
 

शुक्रबार, ०५ बैशाख २०७७, ०७ : ५३

प्रतिक्रिया