काठमाडौंमा रहेका गुल्मेलीहरुलाई सहयोग गर्न गठन भएको गुल्मेली अभियानले १५ जनालाई सहयोग गरेको छ ।
अभियानले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको कारण समस्यामा परेका ५ परिवारका १५ जनालाई सहयोग गरेको हो ।
अभियानले प्रति व्यक्ति ५ किलो चामल, १ किलो नुन, आधा लिटर तेल र १ किलो दाल सहयोग गरेको अभियानका सचिव विमल घिमिरेले जानकारी दिए ।
जस अनुसार मुसिकोट नगरपालिका ईन्द्र प्रसादका ५ जनाको परिवार, धुर्कोट गापा ३ का रेशम बहादुर बस्नेतेका ५ जनाको परिवार, गुल्मी दरबार गाउँपालिकाका हिरा गाहाको ३ जनाको परिवार , रुरु गाउँपालिकाका प्रेम बहादुर थापा तथा मदाने गाउँपालिकाका नविन पाण्डेलाई सहयोग उपलब्ध गराएको घिमिरेले जानकारी दिए ।
समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि अभियानका सदस्य तथा सहयोगदाताहरुबाट स्वेच्छिक सहयोग संकलन गरि वितरण गरिएको बताए ।
अभियानलाई गुल्मीबाट निर्वाचित सांसद तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र सांसद गोकर्ण विष्टले पनि २०/२० हजार रुपैयाँ सहयोग गरेका थिए ।
प्रतिक्रिया