शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमा नियुक्त

शुक्रबार, ०५ बैशाख २०७७, १७ : ४८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता समेत रहेका महेन्द्र बहादुर पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरेकी छिन् । 

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राष्ट्रपतिले गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


 

शुक्रबार, ०५ बैशाख २०७७, १७ : ४८

प्रतिक्रिया