कोरोना भाइरसको असरले देशको आर्थिक अबस्था बिग्रन नदिन राष्ट्रपति कार्यालयले साढे ९ करोड रुपैयाँ सरकारी संचित कोषमा फिर्ता गरेको छ ।
लकडाउनको कारण उद्योग कलकारखाना, विकास निर्माण र कृषि उत्पादन ठप्प हुँदा देशको आर्थिक अबस्थामा बिग्रन सक्ने भन्दै राष्ट्रपति कार्यालयले आफ्नो बजेट कटौती गरेर रकम फिर्ता गरेको हो ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया