लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा पक्राउ

सोमबार, ०८ बैशाख २०७७, १४ : २२

कपिलवस्तु । मायाँदेबी गाउँपालिका.७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा मायाँदेबी गाउँपालिका.७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

सोमबार, ०८ बैशाख २०७७, १४ : २२

प्रतिक्रिया