कञ्चनपुरमासडकमा भेटिएका दुई जनाबालकको उद्धार गरिएको छ । महेन्द्रनगरमासडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तरगतको राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो ।
गतशुक्रबार उद्धार गरिएका दुवै बालकलाई महेन्द्रनगरस्थित अमर बाल गृहमा व्यवस्थापन पनि गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । ‘लकडाउनका बेला दुई अनाथ बालक सडकमा बेवारिसे अवस्थामा भेटिए’ भन्ने समाचार विभिन्नसमाचार माध्यामले प्रकाशित गरेलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले तत्काल उद्धार गर्न परिषदलाई निर्देशन दिएका थिए । मन्त्री गुरुङको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा दुवै बालकको उद्धार गरी व्यवस्थापन गरिएको परिषदले जनाएको छ ।
बजार क्षेत्रबाट उद्धार गरिएका दुवै बालकलाई उनीहरुको मनोविज्ञान र चाहनाअनुसार शिक्षादिक्षाको पनि आवश्यक व्यवस्था मिलाइने अमर बाल गृहका संचालक उत्तर टमाटाले बताए । उद्धार गरिएका दुवैको अभिभावक नभएको बताइएको छ । लकडाउनले मुलुक ठप्प भइरहेका बेला राष्ट्रिय बालअधिकार परिषदले यस अघि काठमाडौंको विभिन्न स्थानबाट पनि ५ जना बालकको सडकबाट उद्धार गरेको थियो ।
यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनि बालबालिका भेटिए स्थानीयप्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा १०४ मा तत्काल जानकारी गराउन पनि सबैलाई अपिल गरेका छन् । सरकारले सडक मुक्त बालबालिका बनाउने अभियानलाई तीव्रता दिएको र चालू आर्थिक वर्षको हालसम्म ३ सय ९८ जना बालबालिकाको सडकबाट उद्धार गरिएको पनि राष्ट्रिय बालअधिकार परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।
प्रतिक्रिया