कुवेतमा थप ५ जनामा कोरोना संक्रमण

बुधबार, १० बैशाख २०७७, १९ : ४६

कुवेतमा आज थप पाँच जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । 

यसअघि कुवेतमा २४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएकोमा अब यो संख्या २९ पुगेको छ । 

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासको भनाई छ ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन् ।

बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४  जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ ।

यसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।

यूएईमा एक नेपाली महिलामा मृत्युको चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

बुधबार, १० बैशाख २०७७, १९ : ४६

प्रतिक्रिया