कर्णाली प्रदेशका सभामुख शाहीद्वारा स्वास्थ्य सामग्री सहयोग

विहीबार, ११ बैशाख २०७७, ०८ : ०२

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेका छन । उनले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पिपिआरलगायत स्वास्थ्य सामग्री वितरण गरेका हुन । 


नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन क्षेत्र नं २ का अध्यक्ष बखत भण्डारीले नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन । स्वास्थ्य सामग्री सहयोग गर्ने उहाँहरुलाई नगर  प्रमुख सूर्यबहादुर शाहीले धन्यवाद ज्ञापन गरे । 

यसैबीच भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधि तथा अन्य सामग्री वितरण गरिएको छ ।  अब ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको शाहीले जानकारी दिए । 

विहीबार, ११ बैशाख २०७७, ०८ : ०२

प्रतिक्रिया