मकालु गाउँपालिकाले शुरु ग¥यो रेडियोबाट एसइई तयारी कक्षा

विहीबार, ११ बैशाख २०७७, ०९ : ०५

मकालु गाउँपालिकाले रेडियोमार्फत एसइई तयारी कक्षा शुरु गरेको छ । देशभर शुरु हुनलागेको एसइई परीक्षा स्थगन भएपछि अन्योलमा रहेका विद्यार्थीलाई गाउँपालिकाले रेडियो साङ्ग्रिलामार्फत पढाइ शुरु गरेको हो । 

गाउँपालिका र रेडियो साङ्ग्रिलाको सहकार्यमा आइतबारदेखि रेडियोमार्फत एसइई तयारी कक्षा शुरु गरेको गाउँपालिका अध्यक्ष तेजबहादुर पोखरेलले जानकारी दिए। गाउँपालिकाले एसइई दिने विद्यार्थीका लागि तीन घण्टाको तयारी कक्षा शुरु गरेको हो । रेडियो साङ्ग्रिलाले बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म तयारी कक्षा शुरु गरेको अध्यक्ष पोखरेलले बताए ।
 
गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज ढुङ्गाना, शिक्षक पूर्णबहादुर तामाङ र चन्द्रशेखर चौधरीले एसइई तयारी सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । एसइईका विद्यार्थीलाई गाउँपालिकाले अङ्ग्रेजी, गणित र विज्ञान विषयको कक्षा शुरु गरेको छ ।

विहीबार, ११ बैशाख २०७७, ०९ : ०५

प्रतिक्रिया