रौतहट । रौतहटको मौलापुुर नगरपालिकास्थित एक पोखरीमा धमाधम माछा मर्न थालेपछि लाखौको क्षति भएको छ ।
मौलापुर नगरपालिका वडा ८ सोनरनियास्थित अँडुुवाखोला छेउमा रहेको जयराम यादवको ४ बिगहा क्षेत्रफल जग्गामा रहेको पोखरीको माछा धमाधम मर्न थालेको पीडितले बताएका छन् ।
पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेकामा अधिकांस मरिसकेको किसान जयराम यादवले जानकारी दिए ।
विश्वब्यापी महामारीको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण पसलहरु बन्द रहेकाले दानाको कमी भएको कारण माछाहरु मर्न थालेको किसान यादवको भनाइ छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्सपेक्टर राकेश यादवले मौलापुुर नगरक्षेत्र अन्तर्गत वडा ६ र ८ स्थित दुुईवटा पोखरीको माछा मर्न थालेको खबर पाएको बताएका छन् ।
लकडाउनका कारण बजारहरु बन्दरहेको अवस्थामा सामाजिक दुुरीलाई ध्यानमा राख्दै सकेसम्म माछा बिक्रीगर्न जिल्ला प्रहरी कार्यालयसँग सलाह गरिरहेको ईन्सपेक्टर यादवले जानकारी दिएका छन् ।
प्रतिक्रिया