बर्दियामा झन्डै आठ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ । आजसम्म सात हजार ९६५ घरपरिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा सबैभन्दा धेरै मधुवन नगरपालिकाले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका तथ्यांकानुसार मधुवनले हालसम्म दुई हजार ४५८ घरपरिवारलाई राहत वितरण गरेको छ ।
यस्तै बढैयाताल गाउँपालिकाले एक हजार ६ सय, गुलरिया नगरपालिकाले ९२३, बाँसगढी नगरपालिकाले ६६३, बारबर्दिया नगरपालिकाले एक हजार ३५ र ठाकुरबाबा नगरपालिकाले एक हजार २८६ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।
प्रतिक्रिया