नेकपा उपाध्यक्ष गाैतमकाे पहलमा लकडाउन प्रभावित जनताकाे उद्दार र जिल्लाभर स्वास्थ्य सामग्री

शुक्रबार, १२ बैशाख २०७७, १४ : ००

बर्दियाबाट विभिन्न कामको लागि काठमाडौं पुगेपनि खर्च सकिएर अलपत्र परेकाहरुलाई नेकपा उपाध्यक्ष बामदेव गौतमले गृहजिल्ला पठाएका छन् । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण खाने र कोठाभाडा तिर्ने खर्च सकिएका युवा, विद्यार्थी तथा मजदुरहरू समेतलाई ६ वटा बस रिजर्व गरेर घर पठाएका हुन् । 

सांसद तुल्सी थापा, हेराल्ड कलेज सञ्चालक नारायणप्रसाद उपाध्याय तथा मोर्गन कलेजका सञ्चालक दीपेन्द्र भण्डारीले समन्वयमा उनीहरुलाई बर्दिया पठाइएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ।

सो कामका लागि मित्रबन्धु अधिकारी, महेन्द्र विष्ट, प्रवेश महत क्षेत्री, शिशिर पौडेललगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

चैत ११ गतेदेखि शुरु भएको लकडाउन पछि काठमार्डौमा खर्च सकिएर बसेकाहरुलाई नेता गौतमले सहयोग जिन्सी तथा आर्थिक सहयोग समेत गरेका छन् । 

उनले कोरानो भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्यूठान र बर्दियामा स्वास्थ्य सामग्री समेत पठाएको उनले सचिवालयले जनाएको छ । 

प्युठान र बर्दिया जिल्लाबासीले नेता गौतमले समस्याको बेला जिल्लामा गरेको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । 

शुक्रबार, १२ बैशाख २०७७, १४ : ००

प्रतिक्रिया