दाजु संगठन प्रमुख, भाइ काठमाडाैं प्रमुख, महानगरीय अपराध महाशाखामा थापा

शुक्रबार, १२ बैशाख २०७७, १८ : २९

राजधानी काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीले पाएका छन् । 

गृह मन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् ज्ञवालीलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएको हो । उनी प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ  हुन् ।

एउटै परिवारका सहोदर दुईभाइमध्ये एकजनाले संगठनको नेतृत्व गर्दा अर्को एकजनाले राजधानीको सुरक्षाको जिम्मेवारी पाएका छन् । 

प्युठानमा जन्मेका ज्ञवालीबन्धुले यसरी सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाउँनु परिवारका लागि मात्र नभएर जिल्लाको पनि गौरव भएको भन्दै प्युठान जिल्लाबासी सुखी भएका छन ।  

गृहले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत् थिए ।

हाल काठमाडौं प्रहरी प्रमुख रहेका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाको डीआईजीमा बढुवा भएको छ ।

सुवेदी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएका छन् भने थापाले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को जिम्मेवारी पाएका छन् ।

शुक्रबार, १२ बैशाख २०७७, १८ : २९

प्रतिक्रिया