जन्मदिन मनाउन भोज खुवाउनेलगायत अन्य क्रियाकलापमा हुने फजुल खर्च कटाएर एक युवा व्यवसायीले राष्ट्रिय आविष्कार केन्द्रलाई रु २५ हजार सहयोग गरेका छन्
बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले आज परेको आफ्नो जन्मदिनका अवसरमा बैज्ञानिक डा महाविर पुन अध्यक्ष रहेको आविष्कार केन्द्रलाई उक्त सहयोग गरेका हुन् । सो आर्थिक सहयोग मोबाइल बैंकमार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय आविष्कार केन्द्रले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ विरुद्धको लडाईंमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मीका लागि पिपिइ तथा अन्य सामग्री निर्माण गरिरहेको प्रति धन्यवाद व्यक्त गर्दै सो अभियानलाई योगदान पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाइ छ । युवा व्यवसायी श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष तथा विभिन्न सङ्घसंस्थामा आबद्ध छन् ।
प्रतिक्रिया