साँसद 'अपहरणकारी' भीआईपी विरुद्ध प्रहरीले उजुरी लिन मानेन

आइतबार, १४ बैशाख २०७७, १७ : १४

सांसद सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र कृष्ण (किसान) श्रेष्ठविरुद्ध प्रहरीले जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले जनता समाजवादी पार्टीले दिएको गर्नेहरु बिरुद्धको जाहेरी लिन नमानेको हो ।

जाहेरी दिन जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको हाे । 

आइतबार दिउँसो नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु उजुरी दिन परिसर पुगेपनि उजुरी लिन आनाकानी भएको हो ।

जनता समाजवादीका नेता केशव झाका अनुसार काठमाडौंका एसएसपी आफूहरु जाहेरीका लागि आउने थाहा पाएपछि अफिसबाट बाहिर गएका थिए ।  

कार्यालय प्रमुख नभएको बहानामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताए । 

त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उजुरी दर्ता गर्न नसक्ने अडान लिएका थिए । 

उनले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए ।

उनले महोत्तरी घटना भएकाले त्यही गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् । 

तर, उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् .। 

 उनीहरूले काठमाडौंमा नै उजुरी दिने अडान लिइरहेका छन् ।

यसैबीच  प्रहरीले आफ्ना पार्टीका सांसद अपहरण गरिएको भन्दै दिइएको जाहेरी लिन नमानेपछि जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आक्रोश पोखेका छन् ।

भट्टराईले सरकारले कानुनी राज्य र नागरिकको जीवन रक्षा गर्ने सम्बन्धमा प्रश्न उठाएका छन् । ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’, उनले प्रश्न गरेका छन् । 
 

आइतबार, १४ बैशाख २०७७, १७ : १४

प्रतिक्रिया