सरकारले भारत र चीनतर्फका सीमा नाका वैशाख ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सीमानाकाबाट मानिसहरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरिएको एक मन्त्रीले बताए ।
गएको चैत १० बाट आवागमन रोकेको सीमा नाकामा ढुवानी भने रोकिएको छैन ।
बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया