दैनिक एक हजार जनालाई निःशुल्क खाना खुवाउँदै

आइतबार, १४ बैशाख २०७७, २० : १५

बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित छाहरी संस्थाले लकडाउका कारण खाना समस्यामा परेका एक हजार जना मानिसलाई खाना खुवाउँदै आएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूरी गर्ने, विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक लगायतलाई निःशुल्क खाना खुवाउँदै आएको हो । 

खाना खुवाउनका लागि आवश्यक सामग्री विभिन्न सङ्घसंस्था, नगरपलिका र वडाहरुले सहयोग गरिरहेको बताइएको छ । बूढानीलकण्ठ नगरपािलका–१ देखि ९ सम्मका विपन्न परिवारले अहिले बेलुकाको समयमा निःशुल्क खाना प्राप्त गरिरहेको छ ।  संस्थाका अध्यक्ष लिली थापाले भने, “भवनमै सबै जना बोलाउँदा भीडभाड भई लकडाउन उल्लङ्घन हुने भएकाले खाना आवश्यक पर्ने मानिसको नाम टिपेर गाडीबाट नै घर–घरमा खाना वितरण गरिरहेका छौँ ।” 

आइतबार, १४ बैशाख २०७७, २० : १५

प्रतिक्रिया