स्वास्थ्य मन्त्रालमा भएको भ्रष्टाचारको बिरोध र सरकारको आलोचना गरेपछि पक्राउ परेका पूर्व सविच भीम उपाध्याय २५ हजार धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाण्डौंले उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ गरी विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।
थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए।
उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका छन्।
उपाध्यायले स्वास्थ्य सामग्री खरिदको क्रममा स्वास्थ्य सचिव कोइराला लगायतले अनियमिता गरेको आरोप लगाएपछि उनको सरकारी अधिकारीहरुसँग विवाद शुरु भएको थियो ।
त्यसलगत्तै कोइरालाले उपाध्यायलाई ‘मेलम्ची खानेपानी अनियमिततामा भ्रष्टाचार गरेको आरोप लगाइ ‘अपराधी’ भनेका थिए।
गृह मन्त्रालय स्रोतका अनुसार सचिव कोइरालाले सोही रिस साँध्नका लागि कर्मचारी प्रयोग गरेर उनलाई पक्राउ गराएका हुन् ।
यद्यपी पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर विभिन्न टिका टिप्पणी समेत गरेका छन् ।
प्रतिक्रिया