जुम्लाको हिमा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिको झगडा प्रहरीकहाँ पुगेको छ । लामो समयदेखि तिब्र विवाद रहँदै आएको झगडालाई न्यायिक समिति संयोजक रहेका पालिकाका उपाध्यक्ष हिमाली रोकायाले जिल्ला प्रहरी कार्यालयमा पु¥याएकी हुन् ।
रोकायाले आफूलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिएकी छन् ।
उजुरीमा गत वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यहार गरेको आरोप लगाइएको छ ।
“मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेकी हुँ”, उनले भनिन् । उनले पत्रकार सम्मेलन गरेर दुव्र्यवहार गरिएको अडियो भन्दै दुईजनाको झगडाको अडियोसमेत सार्वजनिक गरे ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुव्र्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको बताए । “उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुव्र्यवहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ”, प्रनाउ धामीले भने ।
अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजूरी परेको प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बुढा सम्पर्कमा आउन चाहेनन् भने अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको बताए ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको जनाउनुभयो ।
यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा यो विवाद भएको थियो ।
प्रतिक्रिया