नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नै

बुधबार, १७ बैशाख २०७७, १० : ०९

नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । 

वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको रकम नगरका सम्पूर्ण जनप्रतिनिधिले कोषमा जम्मा गर्ने निर्णय भएको हो ।
 
नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले एक महिनामा जनप्रतिनिधिले पाउने सम्पूर्ण रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । नगरमा ६० जनप्रतिनिधि छन् ।
 
नगरले हाल आफ्ना क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत वितरणसँगै दीर्घरोगीलाई घरमै निःशुल्क औषधि पु¥याइरहेको छ ।

 लकडाउनका कारण स्थानीय दीर्घरोगीलाई औषधि उपलब्ध गराउन नसक्ने भएपछि नगरले उनीहरुको घरमै औषधि पु¥याउन थालेको हो । 

नियमित औषधि सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले चिकित्सकले दिएको ‘प्रेस्क्रिप्सन’ का आधारमा दीर्घरोगीको घरमै औषधि पु¥याउन थालिएको नगरप्रमुख तिमल्सिनाले जानकारी दिए । 

यस्तै रोशी गाउँपालिकाका जनप्रतिनिधिले पनि एक महिनामा आउने सेवासुविधाको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

गाउँपालिकाको ४२ जनप्रतिनिधिलाई एक महिनामा सेवासुविधावापत आउने रु सात लाख ५१ हजार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले जानकारी दिए ।

 उनले केन्द्र सरकारको निर्णयअनुसार कर्मचारीको पारिश्रमिक कट्टा गरी रु एक लाख ८८ हजार १२० कोषमा जम्मा भइसकेको बताए । 

यसअघि एक महिनाको पारिश्रमिक वाग्मती प्रदेश सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषको खातामा जम्मा गरेका वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले आफ्नो निर्वाचन क्षेत्रमा थप दुई महिनाको पारिश्रमिक दिएका छन । 
 

बुधबार, १७ बैशाख २०७७, १० : ०९

प्रतिक्रिया