अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने समय होइन भन्ने आसयको विज्ञप्ती निकालेको विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्रकार कनकमणी दीक्षितको सामाजिक सञ्जालमा चर्को विवाद भएको छ ।
डा. भट्टराईले विज्ञप्तीप्रति लक्षित गर्दै ‘पञ्चायनका अन्तिम दिनको झल्को’ आएको भन्दै ब्यंग्य गरेपछि दीक्षितले भट्टराईलाई हत्यारा र मान्छे मार्ने राजनीतिको हिमायती भन्दै गाली गरेका छन् ।
बुधबार दीक्षित सहित विभिन्न क्षेत्रका १० जना व्यक्तिहरुले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनु, त्यसका लागि दलभित्र र बाहिरका वरिष्ठ नेताहरु उन्मादित हुनु खेदजनक रहेको भन्दै विज्ञप्ती निकालेका थिए ।
उनीहरुले मुलुक महामारीमा जुधिरहेको यस अवस्थामा पूर्व प्रधानमन्त्रीहरु समेतको अग्रसरतामा अस्थिरताको पुनरागमन हुने संकेत देखिंदा लोकतन्त्र प्रतिको आम नेपालीको विश्वासमाथि खेलवाड भएको समेत उल्लेख गरेका थिए ।
उनले लेखेका छन् ‘यो वक्तव्य साँचो हो र यी नाम हामीले अहिलेसम्म चिनेका मान्छेकै हुन् भने संसारमा मानवजातिले बुझेको÷मानेको लोकतन्त्र ,नागरिक समाज,राजनीतिक स्थीरता,राष्ट्रियता,विकास आदि सबै अवधारणाको पुनरपरिभाषा गर्नुपर्ने भो, पंचायतका अन्तिम दिनको झल्को आयो ! नमरी बाँचे कालले साँचे के के देख्नुपर्ने ?’
सोही विज्ञप्तीका विषयमा ट्टीटरमा डा भट्टराइले संसारमा मानवजातिले बुझेको÷मानेको लोकतन्त्र ,नागरिक समाज,राजनीतिक स्थीरता,राष्ट्रियता,विकास आदि सबै अवधारणाको पुनर्परिभाषा गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए ।
यो वक्तव्य साँचो हो र यी नाम हामीले अहिलेसम्म चिनेका मान्छेकै हुन् भने संसारमा मानवजातिले बुझेको/मानेको लोकतन्त्र ,नागरिक समाज,राजनीतिक स्थीरता,राष्ट्रियता,विकास आदि सबै अवधारणाको पुनर्परिभाषा गर्नुपर्ने भो!पंचायतका अन्तिम दिनको झल्को आयो!नमरी बाँचे कालले साँचे के के देख्नुपर्ने? https://t.co/EhHnihRqHu
— Baburam Bhattarai (@brb1954) April 29, 2020
भट्टराईको सो भनाईपछि पत्रकार दीक्षितले उनलाई सामुहिक सफाया गर्ने, व्यक्ति हत्या गर्ने, लोकतन्त्रको पाखण्डपूर्ण वकालात गर्ने मान्छे मार्ने राजनीतिकको हिमायती भन्दै तुच्छ शब्द प्रयोग गरेर गाली गरेका छन्।
भट्टराईको जवाफमा उनले लेखेका छन् वक्तव्य साँचो हो, ,@brb1954 जी, जी, मान्छे पनि चिनिएकै हौं । जसरी तपाईं चिनिनु भएको छ - कंगारू अदालतको नेता, सामुहिक सफाया, व्यक्ति हत्या र अहिले लोकतन्त्रको पाखण्डपूर्ण वकालत अनि निरन्तर द्वेषको खेती । नेपाली जनताको नेतृत्व गर्ने आकांक्षा, तर मान्छे मार्ने राजनीतिको हिमायती ।'
शसस्त्र द्वन्दबाट शान्ती प्रकृयामा आएका तत्कालिन माओवादी नेताहरु र दीक्षित बीच कहिल्यै सुमधुस सम्बन्ध बन्न सकेको छैन ।
वक्तव्य साँचो हो, @brb1954जी, मान्छे पनि चिनिएकै हौं । जसरी तपाईं चिनिनु भएको छ - कंगारू अदालतको नेता, सामुहिक सफाया, व्यक्ति हत्या र अहिले लोकतन्त्रको पाखण्डपूर्ण वकालत अनि निरन्तर द्वेषको खेती । नेपाली जनताको नेतृत्व गर्ने आकांक्षा, तर मान्छे मार्ने राजनीतिको हिमायती । https://t.co/GrsZX4RgkB
— Kanak Mani Dixit (@KanakManiDixit) April 29, 2020
प्रतिक्रिया